खेलकुद

NPL मा लुम्बीनीलाई झड्का, रोहितको रनले जित निकालेन


पहिलो पटक आयोजना भईरहेको नेपाल प्रिमियर लिग (एनपीएल) जित्ने दाबेदार टोली मध्ये एक मानिएको लुम्बिनी लायन्स खराब प्रदर्शनबाट गुज्रिएको छ। राष्ट्रिय टोलीका कप्तानै मार्की प्लेयर पाएको लुम्बिनीले टिमको रुपमा प्रदर्शन गर्न नसक्दा प्ले अफमा नै नपुुगी बाहिरिने खतरा बढेको हो ।

नेपाल प्रिमियर लिग(एनपीएल) मा सहभागी ८ फ्रेन्चाई टिम मध्ये पेपरमा सबैभन्दा बढी बलियो कोही छ भने, त्यो पक्कै पनि लुम्बिनी लायन्स नै हो ।


राष्ट्रिय टिमको कप्तान रोहित पौडेललाई नै मार्की प्लेयरको रुपमा पाएको लुम्बिनीले अष्ट्रेलियन अलराउण्डर बेन कटिङ, इंल्याण्डका टम मोरिस, वेष्ट इण्डिजका रमन सिमन्डस जस्ता विदेशी खेलाडी र अक्सनबाट स्तरीय खेलाडी छनोट गर्दा लुम्बिनी सबैको फेभरेट नै थियो । तर, खेलको हकमा भने मैदानमा लुम्विनीको जोर चलेन । अपेक्षा अनुसारको खेल प्रदर्शन गर्न नसक्दा लुम्बिनी कन्तविजोग अवस्थाबाट गुुज्रियो ।


राम्रा र स्तरीय खेलाडीका बाबजुद लुम्बिनी प्रतियोगिताको पुछारमा छ । ७ मध्ये सुरुवाती चार खेलमा लगातार हारको सामना गरेको लुुम्बिनी जित विहीन अर्थात, हात लाग्यो शुुन्य हुने पहिलो टोली बनेको छ।


पहिलो खेलमा १९२ रनको विशाल लक्ष्य दिँदा पनि कमजोर बलिङका कारण विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको लुम्बिनीले दोस्रो खेलमा पनि १७१ रनको रक्षा गर्न सकेन । फलत : पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध हुनु प¥यो । तेस्रो खेलमा पनि सुदूरपश्चिम रोयलसँग ४५ रनले हार व्यहो¥यो ।

अघिल्ला तीन खेलमा कमजोर बलिङ र फिल्डिङका कारण हार व्योहोरेको लुम्बिनीले तेस्रो खेलमा खराब ब्याटिङका कारण लय गुमाएको थियो । त्यस्तै आईतबार जनकपुर बोल्ड्ससँग भएको चौथो खेलमा बलिङमा केही सुधार गरेको देखिए पनि पुनः व्याटिङ नचल्दा एक रनले हार्न पुग्यो । तथापी जनकपुरसंगको खेलहारेपनि एनपीएलमा लुम्बिनीले पहिलो विपक्षीको ९ विकेट झा¥यो । जनकपुर जसले यसअघिका खेलहरू सबै पाँच विकेट भन्दा बढीले नै जितेको छ ,सो टोलीको ९ विकेट खसाल्न, लुम्बिनी सफल भए पनि व्याटिङ चल्न नसक्दा एक सय ३७ रन पनि बनाउन असमर्थ रह्यो । सरसरर्ती हेर्दा यो सिजन, लुम्बिनीका लागि व्याड लक सावित भयो ।

जनकपुरले चार खेल जितेर आठ अङ्क जोड्दै पहिलो स्थानमा रहँदा चार खेलबाट तीन खेल जित्दै छ अङ्क जोडेको सूदुर पश्चिम र चितवन राईनोज क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चार अङ्क सहित कर्णाली चौथो स्थानमा छ । त्यस्तै चार÷चार खेल खेल्न बाँकी पोखरा र काठमाण्डु गुर्खाज समान दुई अङ्कसहित पाँचौ र छैठौं स्थानमा छ । लुम्बिनीले पनि अब एनपीएलमा तीन खेल खेल्न बाँकी छ । तर, अहिलेसम्म अङ्कविहीन बनेको लुम्बिनीले बाँकीका तीनै खेलमा जित निकाले पनि छ अङ्कमात्रै हुने हुँदा प्ले अफमा पुग्ने सम्भावना कमजोर छ । लुम्बिनीले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा प्ले अफमा नै नपुगि बाहिरिने सम्भावना बढेको हो ।

लुम्बिनीका खेलाडीहरूले व्यक्तिगत रुपमा राम्रै प्रदर्शन गरिरहेका छन् । कप्तान तथा मार्की खेलाडी रोहितले चार खेलमा एक सय ८१ रन बनाईसकेका छन् । जसमा एउटा शानदार अर्धशतकप्रहार गरेका उनी ४५.२५को औसतमा एक सय ३७ को स्ट्राइक रेटले सर्वाधिक रन बनाउने खेलाडीको पहिलो सूचीमा छन् । मोरिस पनि उत्कृष्ट ९ नम्बरमा नै छन् । विवेक यादवले पनि व्याटिङमा राम्रै गरिरहेका छन् । तर, टिमको रुपमा प्रदर्शन गर्न चुकिरहेको लुम्बिनीको हारको श्रृङ्खला भने जारी नै छ । व्यक्तिगत भन्दा पनि क्रिकेट टिमको खेल हुँदा लुम्बिनीले त्यसलाई प्रयोग गर्न सकिरहेको छैन । बाबजुद जितिसकेको खेल पनि अन्तिम बलमा हार्नु लुम्बिनीको नियती जस्तै बनेको छ ।