काठमाडौं — नेपाला प्रिमीयर लिग एनपिएलमा आईतबार भएको खेलमा सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ । सुदूरपश्चिमले खेलेको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो । चार खेलमा सुदूरको यो पहिलो हार हो ।
चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमा अलआउट भयो । जितपछि चितवनले चितवनले पनि सुदूरपश्चिम समान ४ खेलबाट ६ अंक नै जोडेको छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । उता चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिमका लागि छैटौं नम्बरमा ब्याटिङ गरेका इशान पाण्डेले २८ बल खेल्दै ४ चौका र १ छक्का मदतमा सर्वाधिक ३५ रन बनाए । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । जैबले १८ रन बनाए भने ब्राण्डन म्याकमुलेनल १३, दिलप्रित बाज्वा १२ र विनोद भण्डारी १० रनमा आउट भए । आरिफ शेख ५, कप्तान दीपेन्द्र सिंह ऐरी १ र नरेश बुढाएर ५ रनमा आउट भए ।
बलिङमा चितवनका लागि कप्तान कुशल मल्लले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अमरसिंह राउटेलाले १ ओभरमा ९ रन खर्चेर तथा जान निकोल लफ्टी इटनले ३ ओभरमा १८ रन खर्चेर समान २ विकेट लिए । रिजन ढकालले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट नै लिए। सोहेल तनविरले १ विकेट लिए । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका रन्जित कुमारले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले हसन इसाखिलको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
प्रतिक्रिया