काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले जित निकालेको छ । लुम्बिनी लायन्सलाई एक रनले हराउँदै जनकपुरले जारी प्रतियोगितामा लगातार चौथो जित निकालेको हो । लुम्बिनीको यो चौथो हार हो । जारी प्रतियोगितामा लुम्बिनी जितविहीन छ ।
किर्तीपुस्थित टि यू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले लुम्बिनीसामु जितका लागि १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जनकपुरका लागि कप्तान अनिल साहले ४५ रन बनाए । यस्तै लहिरु मिलान्थाले २४ तथा आशिफ शेखले १६ रन बनाए ।
विजेता जनकपुरले प्लेअफ सम्भावना बलियो बनेको छ । यसअघि जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो । लगातार ४ खेलमा हार बेहोरेरको लुम्बिनीले यस हारबाट प्लेअफ सम्भावना कठिन भएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन् ।
प्रतिक्रिया