काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) जारी खेलमा जनकपुरले लुम्बिनीलाई १३७ रनको चुनौती दिएको छ ।
९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै जनकपुरले १३६ रन बनाएको हो । लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा चमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको हो ।
जनपुर बोल्ट्स यसअघिका तीनै खेलमा विजयी भएको छ भने लुम्बिनी तीनै खेलमा पराजित भएको थियो । जनपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेटले, दोस्रो खेलमा कर्णालीलाई पनि ८ विकेटले र तेस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गरेको थियो । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग २ विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले र तेस्रो खेल सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको थियो । लुम्बिनी लिगमा पहिलो जितको खोजीमा रहेको छ ।
आजै दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्नेछन् । सुदूरपश्चिम अघिल्ला तीनै खेल जितेर अंक तालिकाको शीर्षस्थानमा छ । सुदुरपश्चिमले पहिलो खेल विराटनगरलाई ९० रनले, दोस्रोमा कर्णालीलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो ।
चितवन राइनोजले तीन खेल खेलेकोमा १ खेल मात्रै हारेको छ । चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले र दोस्रो खेलमा पोखरालाई ८७ रनले पराजित गरेको थियो भने तेस्रो खेलमा कर्णालीसँग ६ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया