काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको बताएकाछन् ।
बीआरआई परियोजना नेपालमा कार्यान्वयन हुने पनि उहाँले स्पष्ट पारे । चीन भ्रमण पूरा गरी स्वदेश फर्किनु अघिल्लो दिन चाइना मिडिया ग्रुप (सीएमजी)लाई दिएको अन्तर्वार्तामा ओलीले बीआरआईको उद्देश्य साझा समृद्धिसहित अरू देशहरूको साझा विकास बढाउनु रहेको उल्लेख गर्दै बिआरआई नेपालका लागि पनि निकै महत्वपूर्ण रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनले बीआरआईको साझा उद्देश्य हासिल गर्ने सहकार्य प्रारूपमा ९–१० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको बताए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । ओलीले प्रधानमन्त्रीको हैसियतमा आफूले गरेको तेस्रो पटकको भ्रमण निकै सफल र फलदायी भएको पनि दाबी गरेका हुन् ।
प्रतिक्रिया