देश

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भू–भागका साथै उपत्यकाका केही स्थानमा हुस्सुलागेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य भागमा भने सामान्यतया मौसम सफा रहने आँकलन गरिएको छ ।