राजनीति

ऋण लिएर कुनै पनि परियोजना बनाउन अब कांग्रेसले दिदैन : महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऋण लिएर कुनै पनि परियोजना बनाउन अब कांग्रेसले नदिने बताएका छन् ।
कांग्रेस कोशी प्रदेशस्तरीय सम्मेलनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसले विदेशी ऋण लिएर परियोजना निर्माण गर्न नदिने बताएका हुन् ।

बीआरआई कार्यान्वयन सम्झौताप्रति लक्षित गर्दै महामन्त्री थापाले यो सम्झौतालाई संसदमा पनि लगेर छलफल बताएका छन् ।महामन्त्री थापाले भोलि कांगे्रस सरकारमा नभए पनि कम्युनिष्टहरु मिलेर सरकार बनाए भने पनि यो सम्झौतामा टेकेर कांग्रेसले देशले ऋण लिन सक्दैन भन्न सक्ने पनि बताएका छन् ।

उनले अहिलेसम्मको सबैभन्दा खराब ऋण पोखरा विमानस्थल निर्माणको रहेको भन्दै देशलाई श्रीलंका, पाकिस्तानलगायतका देशहरुको जस्तो ऋणको पासोमा पर्न कांग्रेसले नदिने प्रस्ट पारे ।