गृहमन्त्री रमेश लेखकले बीआरआई सहमतिमा विवाद गर्नुपर्ने कारण नभएको बताएका छन् । कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले बीआरआई सम्झौता काङ्ग्रेसको धारणा, सल्लाह र सहमति अनुसार भएको पनि बताएका छन् ।
कांग्रेस एमाले मिलेर बनाएको समीकरण फगत केही मानिसलाई मन्त्री बनाउनका लागि मात्रै नभएको उनले बताए । गृहमन्त्री लेखके संविधान र यो व्यवस्थाको रक्षा गर्न, भ्रष्टाचारको अन्त्य, दिगो शान्ति, सुशासनतिर जान समीकरण बनाएको बताए । उनले संविधान संशोधनको विषयमा आन्तरिक छलफल सुरु भएको पनि जानकारी दिएका छन् ।
प्रतिक्रिया