Breaking

राम-सीताको विवाह सम्पन्न, आज जन्तीलाई ५६ व्यञ्जन खुवाइने


सप्ताहव्यापी सीताराम विवाहपञ्चमीअन्तर्गत राम र जानकीको विवाह सम्पन्न भएको छ । शुक्रबार साँझदेखि जानकी मन्दिरमा मिथिलाको वैदिक परम्परा अनुसार राम र जानकीको विवाहको विधि रातर चलेको थियो । त्यसअघि हिजो मुख्यदिन ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा राम र जानकीको डोला फेर गरी स्वयम्बर भएको थियो । दुवै डोला जनकपुरको परिक्रमा गरी जानकी मन्दिर पुगेपछि विवाहको काज सुरु भएको थियो ।

मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको आज सातौंदिन रामकलेवा रहेको छ । आजको दिन जन्तीमा अयोध्याबाट आएका साधुशन्तलाई ५६ व्यञ्जन परिकार भोजन खुवाएर ससम्मान बिदाइ गरिने कार्यक्रम जानकी मन्दिर प्रांगणमा रहेको छ । जसलाई रामकलेवा भन्ने गरिन्छ ।