काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ ।
यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ ।यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ ।
दुवै टोलीमा एक-एक जना खेलाडी परिवर्तन गरिएका छन् । लुम्बिनीले आशुतोष घिरैयाको स्थानमा अर्जुन कुमाललाई खेलाएको छ भने सुदूरपश्चिममा रोहन मुस्तफा बाहिरिँदा वसन्त खत्री भित्रिएका छन् ।
प्रतिक्रिया