अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ । अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प आएलगत्तै ५३ लाख जनामा सुनामीको चेतावनी जारी गरिएको थियो । पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्तर्राष्ट्रिय
प्रतिक्रिया