पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् । पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो । कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए । उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने उनले बताए ।
अपराध
प्रतिक्रिया