काठमाडौँ – भर्खरै सम्पत्र स्थानीय तहको उपनिर्वाचनको मत परिणामले नेकपा माओवादी केन्द्र उत्साहित बनेको छ । निर्वाचन भएका ४१ मध्ये ११ स्थानमा विजयीध्वज गाडेको माओवादी त्यसैलाई आधार बनाएर आगामी चुनाव एक्लै लड्ने तयारीमा छ । तर, माओवादीले सोचेको जस्तै पार्टी साचिकै त्यस्तै अवस्थामा पुगेको हो त ?
स्थानीय तहको उपनिर्वाचनको नतिजापछि सबैभन्दा बढी कोही हौसिएको छ भने त्यो नेकपा माओवादी केन्द्र नै हो । त्यसैले स्थानीय तहमा आफ्नै पार्टीबाट खाली भएका आठमध्ये एक अध्यक्ष, तीन उपप्रमुख र ७ वडाअध्यक्षमा जितेको माओवादीले ०६४ सालको पुरानै विरासतमा फर्किएको दाबी गरिरहेको छ । निरन्तर सत्ता मोहका कारण माओवादीप्रति मतदाताको चर्काे असन्तुष्टि बढिरहेका बेला कांग्रेस–एमालेको गठबन्धन हुँदा पनि रुकुम पूर्वको पुथा उत्तरगङ्गाको उपाध्यक्षमा बाजी मार्न सफल भयो । साथै थप दुई पालिका मोरङको ग्रामथानमा अध्यक्ष र जाजरकोटको नलगाडमा उपप्रमुख जितेपछि माओवादी उत्साहित भएको हो ।
यो उपनिर्वाचमा ११ स्थानमा जित दर्ता गर्दै दोस्रो भएको माओवादीले मतदाताको अभिमतलाई जनताले पुनः दोहो¥याएर आफूलाई विश्वास गरेको रुपमा अथ्र्याएको छ । कहिले नेकपा एमाले त कहिले नेपाली कांग्रेस लगायतका दलहरूसँग मिलेर चुनावमा होमिँदै आएको माओवादीलाई यो उपनिर्वाचनको मत परिणामले २०८४ मा हुने आमनिर्वाचनमा एक्लै लड्ने हिम्मत दिएको छ ।
तर, माओवादीले दाबी गरेको जस्तो अवस्था भने अहिले नै बनिसकेको छैन । माओवादीले यही उपनिर्वाचनमा पहिले जितेको ६ स्थान गुमाएको छ । जसमा यसअघि माओवादीको किल्लाकै रुपमा रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को नतिजा कांग्रेसलाई सुम्पिन पुग्यो । त्यस्तै ०६४ मा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये चार वटामा जित हात पारेको माओवादीले अहिले काठमाडौं १६ मा उम्मेदवार नै उठाउन सकेन । जब कि यसै वडामा पर्ने क्षेत्रबाट तत्कालीन निर्वाचनमा माओवादीकी हिसिला यमी निर्वाचित भएकी थिइन् ।
दूरदराजमा कांग्रेस र एमालेका स्थानीय जनप्रतिनिधिका कार्यशैलीबाट वाक्क हुँदा माओवादी विकल्प बनेको तथ्यलाई नकार्न मिल्दैन तर, माओवादीको सहरी क्षेत्रमा यो हविगतलाई पनि अवमूल्यन गर्न सकिँदैन । यसका बाबजुद ०८४ को निर्वाचनमा कांगे्रस–एमालेलाई माओवादीविरुद्ध औपचारिक रुपमै गठबन्धन गरेर आउन चुनौती दिएको छ ।
उपनिर्वाचनमा दोस्रो भएको आत्मरतिमा माओवादी रमाइरहँदा काठमाडौं लगायतका सहरी क्षेत्रमा गुम्दै गएको लोकप्रियतालाई बिर्सिएको छ । कीर्तिपुर नगरपालिकामा एकीकृत समाजवादी, जसपा र अघोषित रुपमा रास्वपाको समर्थनबाट दोस्रो भएको माओवादीले त्यसलाई पनि उपलब्धि नै ठानेको छ । तर, दोस्रो हुनु पनि जित सरह नै भएको निष्कर्ष निकालेको माओवादीले त्यहाँ एक्लै निर्वाचनमा होमिदा आउन सक्ने फरक नतिजालाई भने नजरअन्दाज गरेको छ ।
चार हजार पाँच सय ५५ मत ल्याएर दोस्रो हुनु पनि जित सरह नै भएको निष्कर्ष निकालेको माओवादीले गत स्थानीय तहको निर्वाचनमा एक्लै लड्दाको परिणाम बिर्सिएको छ । अरु दलको सहायताले पाँच सय मत पनि बढाउन नसकेको माओवादीले शहरी क्षेत्रमा गुमेको विरासत फर्काउँछ भत्रे कुरालाई पत्याइहाल्ने अवस्था छैन । माओवादीले आफूलाई रुपान्तरण गर्न र सङ्गठन सुधार गर्न लागेको भन्दै आए पनि ०८४ मा एक्लै लड्ने हैसियतमा भने अझै पुग्न नसकेको विश्लेषण भइरहेको छ ।
प्रतिपक्षमा पुगेर जनतामाझ जाने अवसर मिलेको बताउँदै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः सत्तामा फर्किदैनन् भत्रे विश्वास गर्न सकिँदैन । आगामी चुनावसम्म सत्ता बाहिरै रहेर जनमत बलियो बनाउने कार्यमा उनी सक्रिय हुन्छन् भन्ने आधार उनकै अस्थिर प्रवृत्तिलाई मात्र सकिँदैन ।
आफू राजनीतिमा होउन्जेल उथलपुथल गरिरहने बताउने माओवादी अध्यक्ष प्रचण्ड फेरि सत्तामा जान अर्काे उथलपुथलमा लागेका कांग्रेस महामन्त्री गगन थापाले नै बताइसकेका छन् ।
यस्तोमा ८४ सम्म नै प्रतिपक्षमा बस्ने उनको अडान पत्याइहाल्ने खालको देखिँदैन । रास्वपा, राजावादी लगायत जो विकल्प भनिएका थिए उनीहरूले समेत केही अस्तित्व देखाउन नसक्दा कांग्रेस–एमालेको विकल्प बत्रे अवसर भएको माओवादीले बुझेको छ । जनयुद्धमा पनि कांग्रेस एमालेकै विकल्प बनेर माओवादी उदाएको थियो । तर, माओवादीले अब आफूहरू एक्लै अघि बढ्ने बताइरहँदा यही अवस्थामा ०६४ को विरासत फर्काउँछु भत्रु चाहिँ ‘मनको लड्डु घ्यूसँग खाए’ जस्तै हुनेछ ।
प्रतिक्रिया