काठमाडौं — धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्की दिएको घटनाप्रति पत्रकार महासंघले ध्यानाकर्षण गरेको छ ।
पत्रकार दाहालले खोज पत्रकारिता केन्द्र (खोपके) मा साम्पाङका गतिविधिबारे समाचार लेखेका थिए । उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै मेयर साम्पाङले धम्कीपूर्ण स्टाटस लेखेका थिए ।
समाचारमा चित्त नबुझ्दा त्यस उपर कानुनी प्रक्रिया हुँदाहुँदै मेयर साम्पाङबाट भएको उक्त हर्कत निन्दनीय भएको महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साम्पाङको हर्कतलाई अराजक र अशोभनीय भन्दै यसले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउन विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुगेको महासंघको ठहर छ ।
प्रतिक्रिया