काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकोनिम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनायो ।
पोखराका लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५ रन बनाए । यस्तै, माइकल लिस्कले २५, एण्ड्रियस घोसले २०, रेमोनले १७ रन बनाए ।३ नम्बरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेल ६ रनमा आउट हुँदा दिलीप नाथ ११ र दिनेश खरेल १० रनमा समेटिए ।बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिए । जेम्स नीशमले २ विकेट लिँदा किशोर महतो र मोहम्मद मोसिनको नाममा १(१ विकेट रह्यो ।
प्रतिक्रिया