काठमाडौं — नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले पहिलो जित हात पारेको छ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो । विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले आठ विकेट गुमाएर अन्तिम एक बल बाँकी छदा पूरा ग¥यो।
अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चाहिएको थियो। जसमा लुम्बिनीका विवेक यादवले पहिलो दुई बलमा वाइड फ्याँके लगत्तै अर्को बलमा कप्तान सन्दीप लामिछाने आउट भए। दोस्रो बल डट हुँदा तेस्रो बलमा क्रिस सोलले छक्का प्रहार गरे। चौथो र पाँचौ बलमा चौका प्रहार गरेर सोलले विराटनगरलाई रोमाञ्चक जित दिलाए।
प्रतिक्रिया