काठमाडौ — पर्सा प्रहरीले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको छ । वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको हो ।
पर्सा प्रहरी स्रोतका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको हो । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ । पर्सामा गितेन्द्रबाबु राई, छविलाल जोशीलगायत विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया