काठमाडौं — दक्षिण कोरियामा राष्ट्रपतिविरूद्ध महाअभियोग प्रस्ताव पेस भएको छ। राष्ट्रपति युन सुक योलले घोषणा गरेको सैनिक कानुनलाई विफल पारेका विपक्षी दलले उनीविरूद्ध महाभियोग प्रस्ताव ल्याएको हो। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले मुख्य विपक्षी दल डेमोक्र्याटिक पार्टी (डिपिके) र अरू साना गरी ६ दलका सांसदहरूले राष्ट्रपति योलविरूद्ध महाभियोग प्रस्ताव ल्याएका हुन्।
मंगलबार सैनिक कानुन घोषणा भएपछि संसद भवनमा पुग्ने सांसदहरूमा सत्तारूढ पार्टीका पनि थिए। पिपिपीकै सांसद हान दोङ हुनले राष्ट्रपतिको निर्णलाई गलत भनेर आलोचना गरेका छन्। मंगलबार राति संसद भवनमा उनले विपक्षी दलका नेता म्युङसँग हात पनि मिलाएका थिए भनेर अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ। सत्तापक्षकै अरू सांसदहरूले पनि दक्षिण कोरियामा अब योलले शासन चलाउ सक्दैन भन्दै आएका छन्। त्यसकारण उनलाई हटाउन ल्याइने महाभियोग प्रस्तावको पक्षमा उनकै दलका सांसदहरूले पनि मतदान गर्न सक्छन्।
यद्यपि राष्ट्रपति योलको राजीनामा माग्दै १० लाखभन्दा बढी सदस्य भएको ट्रेड युनियनले अनिश्चितकालीन आमहड्ताल घोषणा गरेको छ।
प्रतिक्रिया