काठमाडौं —चितवाकम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएका छन्।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथै पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएका छन् । केहीबेर तितरबितर रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गरेका छन् । प्रहरीको बल प्रयोगमा रास्वपा जिल्ला सभापति कृष्ण भुषाल घाइते भएका छन् । आफूसहित १० जनाभन्दा बढी घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया