काठमाडौँ – दक्षिण कोरियामा मार्सल ल उल्टिएपछि राष्ट्रपति यून सुक योलको पद संकटमा परेको छ।
मंगलबार उनले घोषणा गरेको सैनिक कानुन दुई घन्टामै उल्टिएपछि योलको राष्ट्रपति पद धरापमा परेको हो।
पूर्वनिर्धारित नभएको टेलिभिजन सम्बोधनमार्फत योलले विपक्षी पार्टीलाई विद्रोहको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै आपतकालीन सैनिक कानुन घोषणा गरेका थिए।
राष्ट्रपतिको घोषणालगत्तै मंगलबार राति नै नागरिकहरू संसद भवन परिसरमा पुगेर आन्दोलन गरेका थिए। राष्ट्रपति योलले मंगलबार नै संसद भवनमा सेना पनि पठाएका थिए। यद्यपि संसदको बहुमतले आफ्नो घोषणालाई उल्ट्याइदिएपछि अब उनले राजीनामा दिनुपर्ने नैतिक दबाब पनि रहन्छ।
यद्यपि बुधबार बिहानैदेखि राष्ट्रपतिको राजीनामा माग गर्दै सियोल लगायतका ठाउँहरूमा ठूलो प्रदर्शन सुरू भएको छ।त्यहाँ १० लाखभन्दा बढी सदस्य रहेको ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग्दै अनिश्चितकालीन आमहड्ताल घोषणा गरेको छ।
प्रतिक्रिया