पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान अहिले जेलमा छन् । विभिन्न मुद्दामा खान जेलमा परेपछिपीटीआईको लयले बाटो मोड्दै गर्दा पाकिस्तानको राजनीतिमा उनकी श्रीमतीको आगमन भएको छ ।यो अभूतपूर्व परिस्थितिमा पार्टीलाई एकताबद्ध राख्न खानकी श्रीमती बुशरा बिबीले लिइएको कदमले पाकिस्तानको आगामी राजनीतिमा तरंग ल्याउने देखिन्छ ।
गत नोभेम्बरको अन्त्यमा इस्लामाबादको तनावग्रस्त वातावरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी तेस्रीपत्नी बुशरा बिबी एक शिपिङ कन्टेनरमा उभिएर हजारौँ समर्थकहरूलाई सम्बोधन गरिरहेकी थिइन्। सेतो पछ्यौरा र साधारण हिजाबमा सजिएकी बिबीले माइक्रोफोन समात्दै आफ्नो बुलन्द स्वरमा भनेकी थिइन्, ‘यो मेरो पतिका लागि मात्र होइन, यो हाम्रो देशको लागि हो ।’पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का हजारौँ समर्थकहरूले पार्टीको झण्डा फहराउँदै नाराबाजी गरेका थिए। उनको सम्बोधनले भिडमा उत्साह थप्यो ।
इमरान खान जेलमा रहँदा पनि पार्टीको नेतृत्व गर्दै बिबीले यो ‘निर्णायक जुलुस’ मा सहभागीता जनाएकी थिइन्।पाकिस्तानका राजनीतिक विश्लेषकहरूका अनुसार बुशरा बिबीको सक्रियता पीटीआईको रणनीतिक निर्णयको हिस्सा हो। सन् २०२२ मा अविश्वासको प्रस्तावमार्फत् पदच्युत भएका इमरान खान २०२३ को अगस्टदेखि जेलमा छन्। उनलाई भ्रष्टाचार, आतंकवाद र हिंसा फैलाएको आरोप लगाइएको छ। यसबीच बिबीले पार्टीको अगुवाइ गर्दै समर्थकहरूको मनोबल उच्च राख्ने प्रयास गरेकी छन् ।
बिबीले यसअघि राजनीतिमा आउन आफ्नो कुनै रुचि नभएको बताउँदै आएकी थिइन्। तर हालको घटनाक्रमले उनलाई पाकिस्तानको जटिल राजनीतिमा होमिने अवस्थामा पु¥याएको छ । यो अभूतपूर्व परिस्थितिमा पार्टीलाई एकताबद्ध राख्न लिइएको कदमले आगामी पाकिस्तानको राजनीतिमा तरंग ल्याउने देखिन्छ।बुशरा बिबीलाई इमरान खानले आफ्नो आध्यात्मिक मार्गदर्शक मान्ने गरेका छन्। सुफी सम्प्रदायकी अनुयायी बिबी लामो समय राजनीति बाहिर रहँदै आएको भए पनि हालको प्रदर्शनले उनी अब सार्वजनिक जीवनमा प्रमूख भूमिकामा देखिने निश्चित छ।इस्लामाबादमा भएको प्रदर्शनपछि बिबी केही समयका लागि ओझेलमा परेकी भए पनि समर्थकहरूले उनलाई अझै इमरान खानलाई जेलबाट बाहिर ल्याउन सक्ने मुख्य व्यक्तिका रूपमा हेरेका छन्।
यस घटनाक्रमले बुशरा बिबी अब पाकिस्तानको राजनीतिमा नयाँ पात्र मात्र नभई महत्वपूर्ण शक्ति बन्ने स्पष्ट संकेत दिएको छ।
प्रतिक्रिया