नेपाली राजनीतिमा बोलेरै स्थापित भएका नेता हुन्, नेपाली कांग्रेसका महामन्त्री गगन थापा । बोल्ने मात्र नगर्ने नेपाली नेताको प्रवृत्ति नै भएकाबेला थापाकोबोली भने बिक्दै आएका छन् । तर पछिल्लो समय उनको बाटो पनि पुरानै नेतातर्फ उन्मुख हुन थालेको विश्लेषण गरिँदा थापा बोलेरै सकिने त होइनन् भन्ने प्रश्नसमेत उब्जिएको छ । यो अवस्थामा उनको बोली र त्यसको वास्तविकता कस्तो छ त ?
स्थानीय तह उपनिर्वाचनका लागि भोट माग्न कीर्तिपुर पुगेकागगन थापाले गत विहीबार दिएको अभिव्यक्ति अहिले चर्चामा छ । नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका थापाले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै महिनामा ३÷४ लाख कमाउन सकिने दाबी गरेका थिए ।देशमा न्यूनतम पारिश्रमिक पाउन नसकेर युवा विदेसिएका बेला उनको यो सपना आलोचित बनेको छ । यसलाई लिएर सामाजिक सन्जालमा व्यङ्ग्य गर्न तडाछमछाड नै चल्दा उनका समर्थकलाई प्रतिरक्षा गर्न भ्याइ नभ्याई छ ।
तत्थ्यलाई हेर्ने हो भने गगनको सपनामा कुनै समस्या छैन । नेपालमा हालसम्म करिब साढे १६ हजार सूचना तथा प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने कम्पनी दर्ता छन् । सफ्टवेयर तथा एप निर्माण गर्नेदेखि सुरक्षा, व्यवस्थापनलगायत विभिन्न सेवा दिने गरेका यस्ता कम्पनी अझै बढ्दै छन् । आईटीसँग सम्बन्धित व्यवसाय गर्ने व्यवसायीहरूको संस्थानास–आईटीको लक्ष्यलाई नै हेर्दा पनि यो दशकमा नेपाली आईटी उद्योगलाई ५ अर्ब डलर बराबर निर्यात गर्न सक्ने बनाउन सकिन्छ । जुन लक्ष्य पूरा भएयो क्षेत्रले ५ लाख जनालाई प्रत्यक्ष रोजगारी दिने छ ।
यसको अर्थ आईटी क्षेत्र नेपालको भाग्य र भविष्यसँग जोडिएको विषय बनेको पक्का छ । तर अहिले कांग्रेस नै सरकारमा छ भने आईटीक्षेत्रबाट आम्दानी बढाउन सरकारको कानुन बाधक छ । कानुनलेनेपालीले देशको पैसा विदेशमा लगानीका लागि लैजान दिँदैन । अर्कातर्फ सफ्टवेयर आफैँ बिक्री गर्न सम्बन्धित देशमै सब्सिडायरी कम्पनी खोल्नुपर्छ ।
यसले विदेशी एजेन्टहरु मोटाउँदा विदेशमा नेपालकै कम्पनीको शाखासम्म खोल्न दिने प्रतिबद्धता सरकारले पूरा गरेको छैन । यसले गगनको बोली र वास्तविकताको खाडल प्रष्ट हुँदा अहिले आईटी क्षेत्रबाट महिनामा लाखौँ कमाउनेहरुले समेत त्यो आफ्नै बलबुँताले गरेका हुन् । जसको जस यतिका वर्ष सत्तामा रहिसकेको काँग्रेसका नेताले लिन ठाँउ नहुँदा उनको बोली सही सपनाको गलत राजनीति भएकै रुपमा आलोचना भइरहेको छ ।
यो त एउटा प्रसंगमात्र हो । सपना र सन्दर्भपिच्छे बोली फेर्ने गगनको प्रवृत्तिमाथि यसै पनि प्रश्नको घेरामारहँदा उनको बोलीलाई बोली नबिक्ने पुराना नेताले प्रयोग गरेको रुपमै अथ्र्याउन थालिएको छ । कीर्तिपुरको डाँडाको महिमावाला यही अभिव्यक्ति अघिसमेतउनलेनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि यसको प्रयोग गरेका थिए । जसलाई लिएर प्रचण्डले गगनमाथि विचराकै संज्ञा दिन भ्याइसकेका छन् ।
हुन त राजालाई समेत ललकारेका उनी बोलेकै कारण राजद्रोहको मुद्दा खेपेका व्यक्तिसमेत हुन् । त्यसलाई आधार बनाएर प्रभावशाली नेता बनेका पार्टीको रक्षा र विपक्षीमाथि प्रश्न गर्ने थापा सेनापति नै हुन् । एमसीसीदेखि बीआरआईसम्मका विषयमा उनले आफ्नो छवि अझ बलियो पार्दा आफंैमात्र बनिन जे पनि गर्ने नेताको तस्वीरसमेत उनले विकास गर्दैछन् । जसलाई बोली र व्यक्तित्वबीचको खाडँलले समेत पुष्टि गर्दा उनको हालत पनिपुराना र ज्येष्ठ नेताहरुकै जस्तो नहोला भन्न सकिँदैन ।
प्रतिक्रिया