४१ स्थानमा भएको उपनिर्वाचनमा विकल्प भनिएकाहरूले एक ठाउँमा मात्र जित निकाल्दा नागरिकले भने पुरानै पार्टीप्रति भरोसा दर्शाएका छन् । स्थानीय तह उपनिर्वाचनको मत परिणामले विकल्पको राजनीति गर्न आएका वैकल्पिक शक्तिहरूमाथि जनता किन विश्वस्त हुन सकेनन् भन्ने प्रश्न उठेको छ ?
वैकल्पिक शक्तिहरूले पुराना दलहरूप्रति जनतामा व्यापक वितृष्णा रहेको दाबी गर्दै आए पनि हालै सम्पत्र स्थानीय तहको उपनिर्वाचनको मत परिणामले भने त्यसलाई गलत सावित गरिदिएको छ । ४१ स्थानीय तहमा भएको उननिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको २५ ठाउँमा जमानत जफत हुँदा काठमाडौं १६ ले मात्रै पार्टीलाई अनुमोदन ग¥यो । ३२ ठाउँमा उम्मेदवारी दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जित निकाल्नु त परैको कुरा एक हजार भोट पनि कटाउन सकेन । राप्रपाका आठ उम्मेदवारले त १० मतसमेत कटाएनन् । जसले राप्रपाको हालत उदांगिएको छ । मधेशमा आश गरिएको जनमतले पनि आशातित प्रभाव छोड्न सकेन । दलको राजनीतिबाट भरोसा उड्दा परिवर्तन गर्न नयाँ दलको छहारीमा चुनावमा होमिएकाहरूलाई मतदाताले स्वीकार्न सकेनन् भने तिनै परम्परागत दलले बाजी मार्न पुगे । जसलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईंले नयाँ विकल्प नपाएर जनताले त्यही पुराना दलमध्येकालाई रोज्न बाध्य बनेको टिप्पणी गरेका छन् । आखिर पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने जस्तै नयाँ र विकल्प भनेर आएकाहरुमाथि पनि जनताले भरोसा गर्न नसक्नुमा विभित्र पाटाहरू छन् ।
सङ्गठन विस्तारको अभाव
पुराना र ठूला दलले तल्लो तहसम्मै आफ्ना नेता कार्यकर्ताको मजबुद संगठन बनाएका छन् भने नयाँ र साना दल केन्द्रमै सीमित हुँदै आएका छन् । विकल्प भनेर आएका दलहरू तल्लो तहसम्म पुग्नै नसक्दा सङ्गठन विस्तार हुनै सकेको छैन । सङ्गठन विस्तार गर्न चुकेका वैकल्पिक शक्तिले जनताको समस्या बुझ्न गाउँ–घर पुग्नु पर्ने भए हो तर उनीहरु केन्द्रको राजनीतिमै रमाउँदा जनताले पत्याउन सकेनन् ।
विकल्पकै भिडन्त
पुराना दललाई तह लगाउन आएका स्वतन्त्र लगायतका विकल्पहरु एकआपसमै भिड्नुलाई पनि घातक मान्नु पर्छ । कीर्तिपुरमा सबै स्वतन्त्र मिलेका भए फरक नतिजा आउने सम्भावना थियो । तर, दलभन्दा बढी स्वतन्त्र उम्मेदवार हुँदा मतदाता विभाजित हुन पुगेको देखिन्छ । जसले गर्दा पुरानै दलले आफ्नो स्थान कब्जा गर्न पुग्यो । विकल्प बाडिँदा गत उपनिर्वाचनको चुनावमाभन्दा कांग्रेसले चार हजार मत गुमाए पनि नगरपालिकाको नेतृत्व भने आफ्नै हातमा राख्न सफल भयो ।
विकल्प नै बद्नाम
रास्वपाको नेतृत्व नै सहकारी ठगी, साङ्गठनिक अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गैरकानुनी विवादमा मुछिदा जनताको नजरमा पार्टीको छवि धुमिलिन गएको छ । त्यस्तै जनमत पनि पारिवारिक किचलोमा फस्दा, राप्रपाको राजा फर्काउने एजेण्डालाई गणतन्त्रवादी दलहरूले पछ्यौटेपनको मुद्दा बनाएर ब्याक फायर गर्ने अवसर मिल्यो । जसले गर्दा विकल्प भनेर आएकाहरू आफैँ बद्नाम हुन पुगे ।
मुद्दा आत्मसात गर्न चुक्नु÷ पुरानै राजनीतिक शैली
उखु किसानदेखि दुग्ध किसान हुँदै सहकारी पीडित र मिटरब्याजी पीडितहरू समस्यामा पर्दा पनि वैकल्पिक शक्ति जनताको आवाज बत्र सकेन । जनताको एजेण्डालाई आफ्नो राजनीतिक मुद्दा बनाउन नसक्नु पनि उनीहरूप्रतिको अविश्वासको कारण बन्न पुगेको छ । त्यस्तै परम्परागत दलको कार्यशैलीमाथि प्रश्न उठाउने तर आफ्नै कार्यशैली त्योभन्दा फरक रहेको देखाउन नसक्नु उनीहरुको अर्को कमजोरी हो । जसलाई सत्ताबाट बाहिर फाल्न आएका थिए, तिनैको पछि लागेर सत्ता रजगजमा रमाउनु पनि विकल्पका लागि घातक बन्न पुग्यो । ठूला दल र तिनका शीर्ष नेताप्रति जनता वाक्क भइसकेको यसअघिको आमनिर्वाचनको परिणामले देखाइसकेको छ । कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलको नामबाट नागरिक आजित छन् । तर, विकल्प भनेर आएकाहरूले पनि नागरिकलाई निराश पारे । देउवा, ओली, प्रचण्ड जस्ता शीर्ष नेताको नामबाटै चिढिने भए पनि चुनावमा भने तिनैका पार्टीलाई भोट दिँदै मतपेटीका भरिने गरेको छ । ठूला दलका शीर्ष नेताप्रति वितृष्णा बढे पनि यी दलहरुमा रहेका युवा नेताले भने जनतामा भरोसा जगाउने काम गर्दै आएका छन् । साथै उनीहरुको तल्लो तहसम्मको संगठन, बलियो जग बन्दा विकल्पले हल्लाउन सकेका छैनन् ।
प्रतिक्रिया