काठमाडौँ – नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा खेलकुद रंगशाला र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सिटी हल निर्माण गरिदिन चीन सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको हो । मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख छ ।
दुवै पक्षबाट १२ बुँदामा संयुक्त वक्तव्य जारी गरिएको छ । त्यसको पाँचौं नम्बरमा नेपाली पक्षले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विकास कार्यमा तीव्रता दिन तथा झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल कम्प्लेक्स निर्माण गर्न आग्रह गरेको उल्लेख छ ।
नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भने भएको छैन ।
प्रतिक्रिया