देश

पार्किङ शुल्क असुलेपछि त्रिभूवन विश्वविद्यालय स्ववियू कार्यालयमा ताला


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न जाने दर्शकहरुबाट पार्किङका नाममा शुल्क असुल्न थालेपछि त्रिभूवन विश्वविद्यालय स्ववियू कार्यालयमा ताला लगाइएको छ ।

एकलौटी निर्णय र अपारदर्शी ढंगबाट शुल्क उठाइएको भन्दै अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौँ), अखिल (समाजवादी) र नेपाल समाजवादी विद्यार्थी युनियनले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

पार्किङ शुल्क उठाई विश्वविद्यालय र विद्यार्थीहरूको साझा संस्था स्ववियुको गरिमामाथि आँच आउने काम गरेकाले छानविन गरी कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

आयुर्वेद क्याम्पसको स्वियुले आयुर्वेद क्याम्पस कीर्तिपुर स्ववियुले रसिद नै छपाएर उद्घाटन खेलमा मोटरसाइकलको ५०, कार÷जिपको एक सय र हेलमेटलगायत सामग्रीको ३० रुपैयाँ अरिक्ति शुल्क उठाएको थियो ।

देशको प्रतिष्ठाको रूपमा सञ्चालन भइरहेको एनपीएलमा खेल अवधिभरी सवारी साधनहरूको निःशुल्क पार्किङको व्यवस्थापन गर्न समेत सम्बन्धित निकायसँग माग गरेका छन् ।