Breaking

एसीसी यू–१९ एसिया कपः अफगानिस्ताविरुद्ध नेपालको सहज जित


काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपाली युवा टिमले अफगानिस्ताविरुद्ध एक विकेटको सहज जित निकालेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाहमा भएको जारी खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालले जितका लागि नौ रन आवश्यक हुँदा आठौँ विकेट गुमाएको थियो । अन्तिम विकेट बाँकी रहँदा नेपालका कप्तान हेमन्त धामी र युनिस ठकुरीले नौ रन बनाउँदै नेपाललाई रोमाञ्चक जित निकालेको हो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो ।

योसँगै नेपालको एसिया कप यात्रा समाप्त भएको छ । नेपालले तीन खेलबाट दुई अंक जोड्दै समूह ‘बी’ मा तेस्रो स्थान हासिल ग¥यो । यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।