पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाईकाठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा बयान लिन गत बिहीबार काठमाडौं ल्याइएको थियो । गत शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको छ । आज बयान सकिएसँगै लामिछानेलाई भोलि (मंगलबार) पोखरा पठाउने तयारी छ।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको आरोपमा विगत ४५ दिनदेखि प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले फनफनी जेरी घुमाए जसरीकहिले रुपन्देही, कहिले कास्की, कहिले काठमाडौं पु¥याएको छ । अझै अन्य दुई जिल्लामासमेत पु¥याउने तयारी थालेको देखिन्छ ।गोर्खा मिडियामा पाँच सहकारीबाट करिब ६७ करोड रकम भित्रिएको र सो रकम अपचलनमा संस्थाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको पनि संलग्नता रहेको आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो ।
गत विहीवार साँझ लामिछानेलाई काठमाडौंमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले बयानका लागि काठमाडौं ल्याएको थियो ।बयानका क्रममा लामिछानेले स्वर्ण लक्ष्मी सहकारीबाट सवारी साधन कर्जा लिएर गाडी खरिद गरेको प्रश्नमा इन्कारी बयान दिएका छन् । अनुसन्धानमा खटिएकाप्रहरी अधिकृतका अनुसार लामिछानेले पोखरामा सूर्य दर्शन, बुटवलमा सुप्रिम र काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा आफू सम्लग्न नभएको भन्दै इन्कारी बयान दिँदै आएका छन् ।
लामिछानेलाई तीन दिन लगाएर करिब७० प्रश्न सोधिएको थियो ।शुक्रबार, आइतबार र सोमबार गरी तीन दिन लामिछानेसंग सरकारी वकिल कार्यालय र काठमाडौं प्रहरी परिसरलेबयान लिएको हो । आज बयान सकिएसँगै लामिछानेलाई भोलि (मंगलबार) पोखरा पठाउने तयारी छ। लामिछानेलाई यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका विषयमा बयान लिन पोखराबाट रुपन्देही लगिएको थियो।
आफ्ना सभापतिलाई विभिन्न जिल्लामा पु¥याउँदा रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् । तर पछिल्लो समय भने उनीहरु केही मत्थर देखिन्छन् । सभापति लामिछाने हिरासतमा रहेको र सिंगो पार्टी नै अफ्ठ्यारो परिस्थितिमा रहेका बेला स्थानीय तहको निर्वाचनमा जाने÷नजाने द्विविधाका वाबजुदकाठमाडौं १६ मा सानदार जितले केही राहत दिएको छ । उनीहरुले यसलाई सरकारले आफूहरुप्रति साँधेको प्रतिशोधका झापड भएको प्रतिक्रिया दिएका छन् ।
पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा गत कार्तिक दुई गते पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेलाई पछिल्लो समय राहदानी दुरुपयोगको अनुसन्धानमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्चका न्यायाधीशहरु हरि फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेशीमा चढेको थियो ।प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो ।
तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत, २०७९ मा मुद्दा नचल्ने निर्णय गरेका थिए ।त्यही निर्णयविरुद्ध २० चैत, २०७९ मा दायर भएको रिट निवेदन पटकपटक सर्दै आएको थियो । जुन सोमवार पेशीमा चढे पनि सर्वोच्चले लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि ४ महिनापछि तारिख तोकेको छ । यसले लामिछानेको दोहोरो नागरिता विवाद पुनः बल्झिने सम्भावना देखिन्छ ।
सोमबार पेशी तोकिएकोमा न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएपछि चैत१८ गतेका लागि मुद्दाको पेशी तोकिएको हो ।लामिछानेका वकिलहरुले भने सरकारले प्रतिशोध साँधेर उनलाई पक्राउ गरेको आरोप लगाउँदै आएका छन् । सत्ता दाहिने हुँदा चन्द्रमा पनि दाहिने भएको भन्दै अन्य सहकारीको रकम अपचलनमा नाम जोडिएका व्यक्तिहरुलाई सरकारले संरक्षण गरेको तथा मान्छे बेच्ने तस्करलाई प्रमाण हुँदा पनि उन्मुक्ति दिएको आरोप लगाएका छन् ।
सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि अदालतसँग अनुमति माग गरेको छ ।वीरगञ्ज महानगरपालिका– ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तबरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको अनुसन्धानमा देखिएको थियो ।सहकारी ठगीमा लामिछानेसहितको समूहलाईअनुसन्धान गर्ने पर्सा पाचौँ जिल्ला हो ।
त्यसो त लामिछानेलाई पक्राउ गर्नु र उनीमाथि अनुसन्धान चलाउनुलाई नै सरकारले सहकारी समस्या समाधानको बाटो रहेको भाष्य निर्माण गर्न खोजिरहेको छ । तर, लामिछानेसहितका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सरकारले आफू निकटका विवादित व्यक्तिलाई भने खुलेआम संरक्षण गर्नुले सरकारमाथि नै संशय पैदा गरेको विश्लेषण भइरहेको छ ।
प्रतिक्रिया