काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या भएको बताएकाछन् ।
उद्योग वाणिज्य संघ काठमाडौंले बजार अनुगमनका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले पछिल्लो समय पानी उत्पादकले दुग्ध व्यवसायी, दुग्ध व्यवसायीहरुले पानी व्यवसायीहरुलाई र पानी उत्पादकहरुले सिमेन्ट लगायत व्यवसायीहरुलाई दोष देखाउँदा बजार अनुगमन प्रभावित भएको बताए ।
उनले एक व्यवसायीहले अर्को व्यवसायीलाई आरोप लगाउँदा विभागले कसलाई कारबाही गर्ने र अनुगमन गर्ने अन्योलता सिर्जना हुने गरेको बताए ।
उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले गर्ने अनुगमन तथा नियमनमा निजी क्षेत्र नकारात्मक नभएको बताए ।
प्रतिक्रिया