Breaking

नेपाल प्रिमियर लिगः जनकपुर बोल्ट्सले पायो १४२ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)को आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससामू कर्णाली याक्सले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

आजको दोस्रो खेलमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली एक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कर्णालीले जनकपुरविरुद्ध १४१ रन जोडेको हो ।

सुरुवाती क्रमका ब्याटर नचल्दा संकटमा परेको कर्णालीलाई गुलशन झा, अर्जन घर्ती र सोमपाल कामीले उकासेका हुन् । ओपरन शिखर धवन र बाबर हायतबाहेक सुरुवाती क्रमका ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

१३ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा ७९ रनको दयनीय अवस्थामा पुगेको कर्णालीलाई गुलशन झाले उकास्ने प्रयास गरे । उनले ३ छक्का र १ चौका प्रहार गरे । उनी २७ बलमा ३६ रन जोडेर किशोर महतोको बलमा बोल्ड भए ।

अर्जुन घर्ती र सोमपाल कामीले टिमलाई संकटबाट उकास्ने गरि रन जोडे। २ चौका र २ छक्काको सहयोगमा अर्जुनले ३३ रन जोडे । २२ बल खेलेका उनी रन आउट भए ।

त्यस्तै, सोमपालले १३ बलमा २९ रन जोडे । उनले १ छक्का र ३ चौका हिर्काए ।पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।