काठमाडौं । कीर्तिपुरमा भएको उपनिर्वाचनमा आजै राति बाट हुने भएको छ ।
केहि समय अघिमात्र सर्वदलीय बैठक सकिएको हो । निर्वाचन अधिकृत ईन्दिरी काकीका अनुसार मतगणना वडा नं. १ मा मेयरकोबाट गरिने भएको छ ।
त्यसपछि वडा नं. ४ मा मेयर र वडाध्यक्षको मतगणना गरिने उनले बताइन् । कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा ६५.३९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । कीर्तिपुरको कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको थियो ।
मतदान अधिकृत कार्कीका अनुसार कीर्तिपुरका सबै २० मतदानस्थलमा दिनभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएकोछ । नगरपालिका प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्रमुख पदमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार रहेका छन् भने वडा नं १ मा नौ तथा वडा नं ४ मा १२ उम्मेदवार चुनावी मैदानमा छन् ।
कीर्तिपुरका तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जन र वडा नं ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि उपचुनाव भएको हो ।
प्रतिक्रिया