Breaking

यू–१९ कपः बंगलादेशसँग नेपाल पराजित, सेमिफाइनल दौडबाट बाहिरियो


काठमाडौं । युएईमा जारी यू–१९ एसिया कपमा नेपाल दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।

लगातार दोस्रो हार बेहोरेको नेपाल सेमिफाईनबाटै बाहिरीएको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।


नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेको थिो । बंगलादेशका जबार अबारले ५९ रन र मोहम्मद हाकिमले ५२ रन बनाए । बलिङमा नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३, अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाएका थिए । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।