Breaking

उपनिर्वाचन अपडेटः मतदानको समय सकियो, आजै मतगणना गरिने


काठमाडौं । देशभरका स्थानीयतहका विभिन्न ४१ पदका लागि आज मतदान भएको छ ।

बिहान७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको छ । यद्यपि, केही स्थानमा भने अझै मतदान जारी रहेको छ । मतदानको पूर्ण विवरण आउनभने केही समय लाग्ने जनाइएको छ । आयोगले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भएको जनाएको छ ।

मतदान सकिए लगत्तै आजै मतगणनाको काम सुरु हुने आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदकालागि उपनिर्वाचन भएको हो ।

अधिकांश स्थानमा उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको आयोगले जनाएको छ । उपनिर्वाचनमा २० राजनीतिकदल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ मा (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए ।।