काठमाडौं । नवनियुक्त चार राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति पौडेलले आइतबार चार राजदूतलाई शपथ गराएका हुन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहमा संयुक्त राज्य अमेरिकाका निम्ति नेपाली राजदूत लोकदर्शन रेग्मी, यस्तै, जर्मनीका निम्ति नेपाली राजदूत डा. शैल रूपाखेती, साउदी अरेबियाका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका निम्ति नेपाली राजदूत चित्रलेखा यादवले शपथ लिएका हुन् ।
प्रतिक्रिया