Breaking

उपराष्ट्रपतिको सत्ता आसक्तीले राष्ट्रपतिको ज्यान खतरामा


फिलिपिन्समा पदमा बहाल उपराष्ट्रपतिले राष्ट्रपतिको हत्याका लागि हत्यारा नियुक्त गरेको सार्बजानिक रुपमा घोणणा गरेपछि राजनीतिक वृतमा तरंग छाएकोछ । के थियो विवाद ?

जब कुनै देशको बहालबाला उपराष्ट्रपतिले राष्ट्रपतिको हत्याका लागि आफूले सुपारी दिएर हत्यारा नियुक्त गरेको घोषणा गर्छिन भने, त्यो देशको शान्ती सुरक्षाको अवस्था के होला ? अनुमान लगाउनुस् त ? सत्तामा बसेर हत्याका लागि देशको सेकेण्डमेनण्डले नै सुपारी दिएर सुटर खोजेपछि नागरिकमा खुनखराबा हुन कोन सा नौलौ अचम्म भयो र ?

उपराष्ट्रपतिलेनै हाकाहाकी राष्ट्रपतिको हत्याका लागि हत्यारा नियुक्त गरेको सामाजिक सञ्जालबाट घोषणा गरेपनि फिलिपिन्समा बबण्डर मच्चिएको छ। तथापी फिलिपिन्स यस्तो देश हो, जहाँ राजनीति र नौटंकी उही लयमा चलिरहन्छ।

हैनभने खुलेआम उपराष्ट्रपतिको पदमा बसेर राष्ट्रपतिको हत्या गर्छुभन्नेलाई पाता फर्काएर कष्टडिमा हाल्नु पर्ने हो । अहिले उपराष्ट्रपति माथि कारबाहीको सिफारिस गरिएको छ । उनलाई के कारबाही हुन्छ भन्ने स्पस्ट खुलाईएको छैन । फिलीपिन्समा यस्ता खालका फन्नी धम्की चलिरहने अर्थमा पनि यसलाई हेरिएको छ।

तथापी उपराष्ट्रपति सारा डुटेर्टेले गत साता फेसबुक पेजमा आफुले एक जनासंग कुरा गरेको र, यदि म मारिएँ भने गएर बीबीएम (बङबङ मार्कोस, राष्ट्रपति), लिजा आर्नेटा (प्रथम महिला) र मार्टिन रोमुआल्डेज (सभामुख)लाई मार्दिनू। मजाक होइन। मजाक होइन। मैले भनेँ, तिनीहरूलाई नमारीकन नरोकिनू। अनि उनले हुन्छ भनेका छन्।’
उपराष्टिपतिले यसलाई मजाक हैन भनेर दुई पटक दोहो¥याएर लेखेकाले पनि घटनामा केही जटिलता देखिएको छ।

गत महिना उनले पत्रकारहरूसामु राष्ट्रपति फर्डिनान्ड मार्कोससँग आफ्नो सम्बन्ध विषाक्त बनेको र उनको टाउको काटेको सपना देखेको बताएकी थिइन्।
विगतदेखि राजनीतिक तुषका कारण हिंसात्मक अभिव्यक्ति दिईरहने उपराष्ट्रपति साराले या पटक भने ज्यानै लिने सम्मको धम्की दिएपछि मामला गर्माएको छ।

उनले राष्ट्रपतिका बुवा मार्कोसको शव मनिलास्थित ‘हिरोज् सेमेटरी’बाट निकालेर खरानी समुद्रमा छर्किने पनि धम्की दिएकी छन्। साराले पारा देखाउनुको पछाडी जोडिएको काण्ड हो, कुनैबेला शक्तिशाली मानिएको राजनीतिक गठबन्धनमा आएको फुट। आफुलाई राजनीतिक रुपमा प्रताडित गरिएको भन्दै आगो भएकी साराले राष्ट्रपतिलाई मार्ने घोषणा गरेकिछिन् ,जुन सामान्य विषय हैन ।

शक्तिको लडाई ।

– २०२२ को राष्ट्रपतीय चुनावमा मार्कोस परिवार र डुटेर्टे परिवार मिलेर जाने सम्झौता भयो। दुवै राष्ट्रपतिका सन्तान थिए।त्यतिबेला साराका बुवा रोड्रिगो डुटेर्टे राष्ट्रपतिमा बहाल थिए। बदनाम तानाशाहका छोरा फिलिपिन्सको राष्ट्रपतिमा कसरी निर्वाचित भए?
बङबङ र सारा दुवैको जनाधार बलियो थियो। दुवै पपुलिस्ट थिए। तर, यी दुई आपसमा भिड्दा तेस्रो उम्मेदवारले जित्ने सम्भावना भएपछि घाटी जोडे । फलत ःसारा बङबङको उपराष्ट्रपति बन्न तयार भइन्। यी पदमा अलगअलग मतदान हुने भए पनि उनीहरूले गठबन्धन बनाए। उपराष्ट्रपति बने २०२८ को चुनावमा राष्ट्रपति बन्न आफूलाई सहज हुने साराको हिसाबकिताब थियो। र, यो रणनीति प्रभावकारी पनि भयो। उनीहरूले ठूलो मतान्तरले चुनाव जिते।

तर, उपराष्ट्रपति पद शक्तिशाली होइन। यो सेरेमोनियल मात्र हो। डुटेर्टेले रक्षा मन्त्रालय आफू मातहत राख्न चाहेकी थिइन्। तर, मार्कोसले उनलाई शिक्षा थमाए। उनी शक्तिशाली नहोऊन् भन्नेमा मार्कोस होसियार देखिए । त्यसमाथि मार्कोसले पूर्ववर्ती रोड्रिगो डुटेर्टेका नीतिहरू पनि उल्ट्याए। मार्कोसले डुटेर्टेको कुख्यात लागुऔषविरुद्धको लडाइँलाई पनि कमजोर बनाए।

उनले फिलिपिन्स अन्तर्राष्ट्रिय अपराध अदालतमा पुनः समावेश हुने संकेत पनि गरे। जहाँ डुटेर्टेविरुद्ध मुद्दा चलिरहेको छ। आफ्नो कार्यकालमा गैरन्यायिक भएका हत्याका विषयमा डुटेर्टेले सिनेटमा बयान पनि दिनुप¥यो। तल्लो सदनमा मार्कोसका सहयोगीहरूले सारा डुटेर्टेले गरेको खर्चमाथि छानबिन थालेपछि भने दुई खेमाबीच झगडा सुरु भयो।उपराष्ट्रपति सारा डुटेर्टेले शिक्षामन्त्रीका रूपमा जुलाईमा राजीनामा दिइन्। त्यसपछि उनको बोली चर्को हुँदै गयो। अहिले झगडाका झाँगिनुको पछाडी यसैलाई कारण मानिएको छ।