Breaking

काठमाडौँको तारकेश्वरमा ’पिक एण्ड ड्रप’को क्रममा बसबाट खसेर दुई जनाको मृत्यु


काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ मा लामबगरमा ’पिक एण्ड ड्रप’को क्रममा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ ।

आज विहान दुर्घटनामा बसका सहचालक घाइते भएका छन् । दुर्घटनामा परी नुवाकोटको ककनी गाउँपालिका–५ का ४५ वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई हाल तारकेश्वर बस्ने ५८ वर्षीय सुन्तली ओझाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

दुवैको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसका सहचालक गोरखाका १७ वर्षीय निशान विष्टको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । जरंखुबाट नेपालटारतर्फ आउँदै गरेको बा ४ ख ७१११ नम्बरको भाडाको बसले पिक एण्ड ड्रपको क्रममा यात्रु ओराल्ने विषयमा विवाद हुँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि स्थानिय आक्रोसीत हुदाँ झडपको स्थिती सृजना भएको थियो । घटनास्थलमा प्रहरी तैनाथ भएका छन् ।