काठमाडौं । सन २०२२ फेब्रुअरी २४ देखि सुरु भएको रुस र युक्रेनबीचको युद्ध झनै तनावको स्थितिमा पुगेको छ । रुसले युक्रेनको ऊर्जा सञ्जालमा व्यापक आक्रमण गरेको छ । रुसले रातभरि कयौं स्थानमा मिसाइल र ड्रोनबाट आफ्ना ऊर्जा पूर्वाधारमा आक्रमण गरेको युक्रेनको दाबी छ ।
रुसले देशभर यस्ता आक्रमण गरेको र १० लाखभन्दा धेरै जनता बिजुलीबिहीन अवस्थामा बस्न बाध्य भएको युक्रेनले जनाएको छ । युक्रेनको ऊर्जा क्षेत्र फेरिरुसी आक्रमणको चपेटामा परेको छ । योसंगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभको निर्णायक एवं केन्द्र भाग मै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहारको धम्की दिएका छन् । कजाकिस्तान यात्राका दौरान पुटिनले यस्तो धम्की दिएका हुन् । पुटिनले अभिव्यक्ति दिएको केही घण्टामै रुसले युक्रेनको ऊर्जा ग्रीडलाई लक्षित गरेर लगातार आक्रमण गरेको हो ।
राष्ट्रपति पुटिनले यसलाई युक्रेनले गरेको आक्रमणको जवाफ भनी टिप्पणीसमेत गरेका छन् । युक्रेनले २०२२ फेब्रुअरीको आक्रमणपछि पहिलो पटक गएको हप्ता मात्रैअटाकम्स र स्टोर्म श्याडो क्षेप्यास्त्र प्रहार गर्दै आक्रमण गरेको थियो ।
(बाँकि भिडियोसहित)
प्रतिक्रिया