Breaking

गृहमा कांग्रेसको रजाईं, रवि–दुर्गामाथि डण्डा, आफ्नालाई छुट ? (भिडियो)


काठमाडौं । कुनै समय कीर्तेप्रसाद बताउने केपी शर्मा ओलीको सत्ता टिकाउन अहिले कांग्रेस महानन्त्री थापा आफैँ लाग्नुपरेको छ । पूर्वप्रधानमन्त्रीको क्लबबाट देशलाई मुक्त गर्नुपर्छ भन्ने गगन अहिले त्यही क्लबका एक पाका सदस्य शेरबहादुुर देउवालाई फेरि प्रधानमन्त्री बनाउन कम्मर कसिरहेका छन् । हुन त कांग्रेसको शक्तिशाली महामन्त्री थापाका छुट्टै बाध्यता हुन सक्छन् । पाका नेता रिझाएर आफ्नो राजनीतिक धरातल थप बलियो बनाइरहेका होलान् तर, सरकारमै रहेको पार्टीका एक महामन्त्रीको यो अभिव्यक्तिले सुशासनको जग कस्तो छ भन्ने देखाइदिएको छ ।

यहाँ गगनले भन्दैछन्–आरोप लागेकाहरु आज जोगिएलान् तर भोलि जोगिने छैनन् । रुखको छहारी र घाम ताप्ने कसैले पनि उन्मुक्ति पाउँदैनन् । तर, गगनले भनेको भुटानी शरणार्थीका आरोपी हिजो पनि जोगिएका थिए । आज पनि जोगिएकै छन् । यस्तै हालत रहे भोलि पनि जोगिने निश्चित छ । किन कि रुख र घाम अहिले नङ र मासु बनेकाले हिउँदमा घाम र गर्मी मौसमको रुखको छहारी पाइरहेका छन् ।

अब तथ्यमै हेरौँ । गगनले कसैलाई पनि नछाड्ने भनिरहँदा उपसभापति धनराज गुरुङका लागि सत्ता दाहिना परेको छ । फलतः उनी जोडिएको ललितपुरको मितेरी सहकारीको अनुसन्धान गरिरहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी सुवास हमालको सरुवा गरिएको छ । यसबाहेक अरु केही हाइप्रोफाइल जोडिएका मुद्दाको समेत अनुसन्धान गरिरहेका उनलाई त्यहाँबाट हटाएर धादिङ पु¥याइएको छ । जबकी सीआईबीमा आफू अनुकूल अनुसन्धान अघि बढाउन गृह मन्त्रालय नै यस्ता गतिविधिमा लागिरहेको स्रोत बताउँछ । जबकी गृह मन्त्रालय यिनै सुशासनको धक्कु लगाउने थापाको पार्टीकै नेतृत्वमा छ ।

(बाँकि भिडियोसहित)