Breaking

आफ्नै बोलीले तिरस्कृत बन्दै नेता, ओली–प्रचण्डकै सिको गर्दै गगन–स्वर्णिमसम्मै (भिडियो)


काठमाडौं । गत शुक्रबारसडकमा ओर्लिएको एमालेले दरबारमार्गको पुरै बाटो छेकेर जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्यो । अराजकताविरुद्ध सचेतना र खबरदारी गर्ने भनिएको सो सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीलेसरकारको नेतृत्व गर्न थालेदेखि सुशासन र आर्थिक सुधार सुरु भएको दाबी गर्न भ्याए ।

तर त्यही सभाले फोहोर गरेको भन्दै कानुनसम्मत ढङ्गले काठमाडौँ महानगरले एक लाख जरिवाना गर्दा एमालेको वास्तविकता बाहिर आएको छ । यसले रन्थनिएको एमालेले अहिले कानुनी राज र सुशासन कुन चराको नाम हो बिर्सिएको छ । अझ सरकारका मन्त्री नै महानगरप्रमुख बालेन्द्र शाहमाथि गालीगलौजमा उत्रिएका छन् ।

यसले एमालेमाथि गालीको बर्षा बर्सिदा आफूमाथिको प्रश्न कम गर्ने दाबी फेल खाएको छ ।यता कात्तिक २९ गतेपूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय मिडियामा सनसनीपूर्ण अभिव्यक्ति दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनभ्रमणको तयारीका बेला भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा उनले ओलीले चीन कार्ड खेलेको आरोप नै लगाए । एमालेले त्यसको खण्डन नै गर्दा पूर्वप्रधानमन्त्रीको स्तरबाट आएको यो अभिव्यक्ति बेवास्ता गर्न सकिने थिएन । तर ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग गरेको भेटमा प्रचण्डले स्वयम्ले आफ्नै बोली फेरे ।

उनीहरुको कुन चाहिँबोली वा रुपलाई विश्वास गर्ने भन्ने अन्यौलता उब्जाउँदा नागरिकका अघि विश्वास सिर्जना गर्ने दाबी गर्नेहरु नै किन उल्टो बाटो हिँडिरहेका छन् त ?

(बाँकि भिडियोसहित)