काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्कने सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार द्विपक्षीय भेटवार्ता भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणा तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा चीन गएकीहुन । परराष्टमन्त्रीस्तरीय दुईपक्षीय भेटवार्तामा ओलीको भ्रमणदेखि सीमापार व्यापार र पर्यटनबारे कुराकानी भएको जनाएको छ ।
नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको छ। यसकासाथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानबारे पनि कुराकानी भएको सचिवालयले जनाएको छ । वार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिएकीछिन् । प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाने कार्यसूचि रहेको छ ।
प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन् । परराष्ट्रमन्त्री डा. राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन् ।
प्रतिक्रिया