काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौंका ल्याइदैछ । उनलाई अहिले बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो ।
उनलाई यसअघि रुपन्देही लगेर बयान लिइएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
प्रतिक्रिया