रूसले युक्रेनविरूद्धको लडाईंमा यमनी लडाकुसमेत परिचालन गरेको खुलेको छ । यसअघि उत्तर कोरियाली सेनालाई युक्रेनविरुद्धको लडाईंमा प्रयोग गरेको रुसले युमनी लडाकुलाई पनि परिचालन गरेको तथ्य बाहिर आएको हो । रूसले २०२२ फेब्रुअरीमा युक्रेनविरुद्धको आक्रमणमा जेलमा रहेका कैदीहरूसमेत परिचालन गरेको थियो ।
युक्रेनविरुद्धको युद्धमा रुसले विदेशी सैन्य बललाई सामेल गर्ने कार्य विस्तार गर्दै लगेको खुलेको छ । यसअघि उत्तर कोरियाली सेना युक्रेनविरुद्धको लडाईंमा परिचालन गरेको रुसले यमनी लडाकुलाई समेत आफ्नो सैन्य बलमा सामेल गराएको तथ्य बाहिरिएको हो ।
रुसी सेनालाई युद्धमा सहयोग गर्न यसअघि दश हजारभन्दा धेरै उत्तर कोरियाली सैनिक रुस पुगेको दाबी गरिएको थियो । रूसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गर्न जेलमा रहेका कैदीहरूसमेत परिचालन गरेको थियो । अहिले उत्तर कोरियाली सैनिकसँगै यमनी लडाकूहरू पनि परिचालन गरेको तथ्य खुलेको छ ।
यसबाट रुसले आफ्नो शैन्य क्षमता बढाउँदै लगेको र युक्रेनविरुद्धको युद्ध थप भयानक हुने संकेत गरेको छ । युक्रेनले लगातार हमला गरेपछि आफ्ना सैनिक र कैदीले मात्रै नपुगेर नेपाल, भारतलगायत विभिन्न देशका युवालाईसमेत आफ्नो शैन्य बलमा सहभागी गराउँदै युद्ध मैदानमा परिचालन गरिरहेको छ । राम्रो तलब सुविधाको प्रलोभनमा पार्दै नेपाल, भारत लगायतका देशबाट एजेन्टमार्फत रुस पु¥याइएका विदेशी युवालाई रुसले युक्रेनविरुद्धको लडाईंमा परिचालन गर्दै आएको छ ।
गत वर्ष अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि त्यसको जवाफी कारबाही स्वरुप प्यालेस्टिनी क्षेत्र गाजामा इजरायलले व्यापक आक्रमण गर्दै आएको छ । इजरायलले गाजामाथि आक्रमण थालेसँगै इरानबाट प्रायोजित यमनको हुथी लडाकु समूहले रेड सीमा विशेष गरी पश्चिमा पानीजहाजमाथि निरन्तर आक्रमण गर्दै आएको छ । इजरायली पानीजहाजलाई रोक्न रेड सीमा हुथी समूहले गरिरहेको आक्रमणमा इरान र रुसले हतियार उपलब्ध गराउँदै आएको आरोप छ ।
यति मात्रै नभएर जहाजबारे खुफिया जानकारी तथा निसाना लगाउन प्राविधिक सहयोगसमेत रूसले हुथी समूहलाई दिइरहेको भनेर अमेरिकालगायत पश्चिमा राष्ट्रले आरोप लगाउँदै आइरहेका छन् । त्यही सहयोगको बदलामा हुथी समूहले युक्रेनविरुद्ध लडाईं लड्न रूसमा यमनी युवा पठाएको मानिन्छ ।
उत्तर कोरियाले पनि तेल, खाद्य पदार्थ र आधुनिक हतियार निर्माणका लागि प्राप्त प्रविधिको बदलामा आफ्नो सेना रुस पठाएको विश्लेषण हुँदै आएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार हुथी राजनीतिज्ञ अब्दुलवाली अब्दो हसन अल–जबरीले ओमनमा दर्ता गरेको विदेश भ्रमणको प्याकेज, औषधि र चिकित्सा सम्बन्धी सामाग्री बेच्ने कम्पनीले यमनी युवालाई रूस लैजाने गरेको उल्लेख गरेका छन् । युक्रेनले कब्जा गरेको रूसको कुस्र्क क्षेत्रको भूमि फिर्ता गर्ने योजनाअनुसार रुसले तयारी गरिहेको देखिन्छ ।
रुसले आफ्नो तयारी मजबुत बनाउँदै गर्दा गत हप्ता मात्रै अमेरिकाले युक्रेनलाई लामो दूरीको हतियार प्रयोग गर्न अनुमति दिइसकेको छ । विशेष गरी रुसी र उत्तर कोरियाली सैनिक तथा उनीहरुले प्रयोग गर्ने हतियारको भण्डारणस्थल लगायत ठाउँमा ती हतियार प्रयोग गर्न अमेरिकाले अनुमति दिएको हो ।
थप सैनिक पठाउनुअघि उत्तर कोरिया हच्कियोस् भनेर अमेरिकाले लामो दूरीको हतियार प्रयोगको अनुमति दिएको मानिन्छ । युक्रेनविरूद्ध लड्न रूसले उत्तर कोरियाली सैनिक र यमनका लडाकु परिचालन गर्न थालेपछि त्यसले रूस–युक्रेन युद्धमा नयाँ तरंग ल्याएको छ । साथै पछिल्लो गतिविधिले रुस युक्रेन युद्ध शान्त बन्ने भन्दा पनि थप चर्किने र यसले विश्वलाई नै तेस्रो विश्व युद्धको नजिक पु¥याएको विश्लेषण हुन थालेको छ ।
प्रतिक्रिया