Breaking

एनपीएलको उद्घाटन खेलको १२ हजार टिकट ३ दिन अगाडि नै ‘सोल्ड आउट’


काठमाडौँ – नेपाल प्रिमियर लिग ९एनपीएल० उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ ।

मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ ९क्यान० का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

‘केही दिनअघि मात्रै खल्तीमार्फत हामीले घोषणा गरिसकेपछि एकदमै राम्रो फिडब्याक आएको छ । सम्भवत् पहिलो म्याचको त टिकट पूरै सोल्ड आउट भइसकेको छ दर्शक सामान्यतर्फ र भिआइपीतर्फ पनि,’ उनले भने, ‘दर्शकहरु नेपाल प्रिमियर लिग हेर्न आतुर हुनुहुन्छ ।’

मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको प्रवक्ता लामाले बताए ।