Breaking

कांग्रेस–एमाले हराउन एकढिक्का हुँदै स्वतन्त्र,हर्कले राजमान बोके


मंसिर १६ माहुने स्थानीयतहउपनिर्वाचनले सम्बन्धितचुनावी क्षेत्रको सरगर्मी बढाएको छ । ४४ पदकालागिहुने उपनिर्वाचनको चुनावीमैदानमा रहेका उम्मेद्वारहरु मतदाता रिझाउनव्यस्त छन् भने यसले दिने नतिजाबारे पनिउत्तिकै चर्चा छ । जसले नयाँशक्तिको सँकेत समेत गर्ने केहीको आशाकाबीचविकल्पदाबी गर्नेहरुको मौनताले भने नयाँप्रश्नउब्जिएको छ ।

स्थानीयतहअन्तर्गत ४४ पदको उपनिर्वाचनले ततस्थानमा सरगर्मी बढाएको छ । दलहरुले आफ्नो जनमतनाप्ने आधारका रुपमाव्याख्यागरिएको यो उपनिर्वाचनकालागिउम्मेद्वारहरु अहिले मतदाता रिझाइरहेका छन् । दलहरु गठबन्धन नगरि लडेको तथाराष्ट्रिय स्वतन्त्र पार्टीजस्तो शक्तिकालागि स्थानीयतहमापहिलो निर्वाचन बनेको यसको नतिजालेनयाँसंकेत गर्ने दावी गर्नेहरुसमेत छन् । अर्थात एकातर्फ स्वतन्त्रहरुको ह्वात्तै बढेको संख्या र अर्कातर्फ रास्वापजस्तो शक्ति कोमामागएको अवस्थामा यो उपनिर्वाचनले नयाँविकल्पबारेसमेत संकेत गर्ने विश्लेषण हुँदै आएको छ । किनभने रास्वपाले सबै पदकालागिउम्मेद्वार नै पाएको छैन भने १८ स्थानमाउसले उम्मेद्वार नै दिएन ।

तल्लोतहबाटै संगठन बलियो र विस्तारित बनाउनुपर्ने अवस्थामा रास्वपाको यो हालतले उसको विकल्पहुने दावीमै प्रश्नउब्जाइसकेको छ । यतिमात्रनभएर सभापति रवि लामिछाने नै सहकारी ठगीमा हिरासतमा रहँदाजनदवावकै भरमाउनलाई निकाल्ने पार्टीको रणनीति फेल खाइसकेको छ । जसलाई रास्वपाकै पूर्वमहामन्त्री डा.मुकुल ढकालको भाषामाविवेकशीलकै बाटोका रुपमाअथ्र्याउनेहरु बढेका छन् । जहाँहर्क साम्पाङदेखि बालेन्द्र शाह र गोपीहमालसम्म धेरैको ध्यानजाँदाउनीहरुको बाटो संगठित शक्तिबन्ने जस्तो छैन् ।
यीमध्ये हर्क साम्पाङ मात्रउपनिर्वाचनमा देखिएका छन् । उनीकीर्तिपुर नगरपालिकाप्रमुखको स्वतन्त्रउम्मेद्वार राजमानमानवको घरदैलोमा सहभागीभएका छन् । अर्का स्वतन्त्रउम्मेदवार नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रियपारेको घोषणा गरेका छन् भने ठूला दलहरूलाई चुनौतीदिनभन्दै स्वतन्त्रउम्मेदवारहरू पनि एकैठाउँमा आउँदैछन् ।जसलाई राजनीतिकआकार दिन सक्नेआशामाहर्क देखिन्छन् ।

यताबालेन्द्र शाहको उपस्थिति यो उपनिर्वाचनमानदेखिँदाउनी संगठित रुपमाजाने भन्दामहानगरमै रमाउने हुन् कि ?भन्ने प्रश्न छ ।यसको अर्थ अब रास्वपाकै विकल्पखोज्नुपर्ने अवस्थाआउने विश्लेषणकाबीच अहिले स्वतन्त्र रुपमानिर्वाचितभएर विभिन्नपदमा रहि काम गरेकाहरुले त्यसको नेतृत्व गर्नसक्ने दाबीमाथि नै शंकाउब्जाएको छ । जुनकमजोरी औल्याउँदै मुकुल ढकालले त स्वतन्त्रउम्मेदवारका रूपमा राजनीतिमाआशालाग्दायुवा नेताका रूपमाउदाएकाबालेन, हर्क, गोपी, सागरजीलगायतकासाझाअभियानमागोलबद्ध हुन अनुरोध नै गरेका छन् ।

जहाँ राजनितिकविश्लेषकहरु भने यीकुनै विकल्प नै नहुने दावी गर्छन् । अहिले रास्वपाजस्ता संगठित शक्तिमा देखिएको मत केबल निराशाभएको तर्क गर्ने उनीहरु पुरानै दल सुध्रिएयस्ता शक्तिआफैँ सुक्ने उनीहरुको टिप्पणी छ । अस्तित्व स्वीकार्न नसक्दास्वतन्त्रहरुमाएकीकृत हुन देखिएको समस्या र रास्वपाजस्ताशक्तिको पतनको बाटोले नागरिकमापुरानै रोज्नुपर्ने बाध्यताबन्दै गएको उनीहरु बताउँछन् ।

हुन त यो व्यवस्था फेल हुने आशा देख्नेहरुपनि छन् । जहाँआफूलाई अन्तिमविकल्पमान्ने एमाले कांग्रेस गठबन्धन यसले निराशाकम गर्ने दाबीगर्दै आएको छ । जहाँकतिपयआन्दोलनको भूमरी तयार हँुदैगर्दासमेत संगठित शक्तिको अभावमात्यो निर्णायकहुनेअवस्थामातर्क गर्छन् । जसले उत्पन्नअलमलमादुर्गाप्रसाई जस्ता शक्तिले विकल्पदावी गर्नै धमिलो पानीमा माछा मार्दा नागरिकहरु भने प्रयोगकै अस्त्र भइरहेकोबुझ्न गाह्रो छैन । यसले निकासभन्दा अझ रनभुल्लमा देश अघि बढ्दा आशा देखाएकाहरु समेत समाधानभन्दाप्रचार र लोकप्रियताकै खेतीमा रमाइरहेको पक्का छ ।