काठमाडौँ— मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइए पनि बयान लिइएन । उनका छोरा निराजनले यही मंसिर ८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश डा। मनोज शर्माको इजलासले गएको आइतबार बन्दी उपस्थित गराउने आदेश जारी गरेको थियो ।
आदेशानुसार उपस्थित गराइएका प्रसाईंको बयान भने नभएको वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार, सम्भवतः भोलि पेसी राखिने र बयान पनि हुनेछ । उनलाई आज प्रहरी हिरासतमै फर्काइनेछ ।
प्रतिक्रिया