राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीलाई चेक काटेर रकम दिएको प्रहरी अनुसन्धामाफेला परेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको प्रहरीले फेला पारेको हो । योसंगै लामिछानेको अनुसन्धान थप पेचिलो बनेको छ ।
सहकारीको रकम अपचलन र संगठित अपराधको आरोपमा विगत ३८ दिनदेखि प्रहरीहिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथिको अनुसन्धान थप पेचिलो बनेकोछ । लामिछानेहिरासतमा बसेको महिना दिन पुग्दासम्म पनि कुनै सबुत प्रमाण फेला नपारेको भन्दै नेपाल प्रहरी र सिंगो सरकारमाथि नै प्रश्न उठिरहेकाबेला प्रहरीले हालसम्मकै ठुलो उपलब्धि हासिल गरेको छ । हिरासतमा रहेका लामिछानेले सहकारीको रकम हिनामिनामा आफूलाई केही पनि जानकारी नभएको भन्दै सबै दोष जीबी राईको टाउकोमा थुपार्दै आएका थिए ।
तर पछिल्लो समय अनुसन्धानको क्रममा लामिछानेलेचेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण प्रहरीले भेटाएको छ । विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको ६७ करोड ७६ लाखको ब्याज तिर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेको देखिएको प्रहरीले जनाएको छ ।
लामिछानेले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको बताएको छ ।
प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको देखिन्छ । यसमध्ये स्वर्णलक्ष्मी सहकारीलाई ब्याजबापत ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गर्न लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको भेटिएको प्रहरीले जनएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार, पोखराको सूर्यदर्शन सहकारीलाई ब्याजबापत २२ लाख ३७ हजार ६ सय ४४ रुपैयाँ भुक्तान गर्न लामिछानेले सोही बैकं खाताबाट चेक काटेको भेटिएको छ । त्यस्तै रूपन्देहीको सुप्रिम सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ भुक्तान गर्न पनि लामिछानेले नै चेक काटेको प्रहरी अधिकारीहरू बताउँछन् ।
तर रास्वपाका नेता कार्यकर्ताहरु भने आफ्ना सभापतिको सहकारी रकम अपचलनमा कुनै पनि संलग्नता नरहेको भन्दै राजनीतिक प्रतिशोधको रटान लगाउँदै आएका छन् ।
सहकारीकोरकम हिनामिनामा आफ्नोसंलग्नतालाई अस्वीकार गर्दै आएका लामिछानेप्रहरीले फेला पारेको पछिल्लो प्रमाणबाट भने दबाबमा छन् । उनले काटेको चेकले उनी सहकारी प्रकरणमा संलग्न रहेको पुष्टि हुँदै गएको देखिन्छ । यद्यपि, सहकारीसँगको कारोबारबारे जानकारी नै छैन भन्दै आएका लामिछानेले नै हस्ताक्षर गरी काटेका चेक फरेन्सिक परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइसकेकोछ ।ती चेकमा भएको हस्ताक्षर आफ्नै भएको लामिछानेले प्रहरीसँग स्वीकारिसकेको अनुसन्धानमा संलग्न एक प्रहरी बताउँछन् ।
पछिल्लो अनुसन्धान पेचिलो बन्दै गएपछिजिल्ला प्रहरी कार्यालय कास्कीले रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाता विवरण पठाइदिन राष्ट्र बैंकसँग आग्रह गरेको छ । अनुसन्धानका क्रममा आवश्यक परेको भन्दै उनीहरूको तीन वर्षको खाता विवरण पठाइदिन आग्रह गरिएको प्रहरीले बताएको छ ।ठगी, संगठित अपराध, सरकारी कागज कीर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिइसकेको छ ।
त्यसो त आइतबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा रवि लामिछानेले म भाग्दिनँ, कतै जादिनँ, म हिरासत बाहिर बसेर अनुसन्धानलाई सघाउछँु भनेका थिए । तर न्यायाधीशले तपाईंको अन्य जिल्लामा पनि पक्राउ पुर्जी जारी भएको छ, बरु यहीँ नै म्याद थपौँ भन्दै १५ दिन म्याद थप गरेका थिए ।
लामिछानेविरुद्ध यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन र १३ दिन म्याद थप गरिएको थियो । पछिल्लो समय प्रहरीले गम्भीर प्रमाण फेला पारेपछि अदालतलेसमेत लामिछानेलाई थुनामा राख्दै म्याद थप्दै लगेको देखिन्छ । यसले हिजो उनले आफू निर्दोष रहेको र आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भाष्य निर्माण गर्न खोजेको अवस्थामा पछिल्लो प्रमाणले भने उनी आफैँलाई दबाबमा पारेको छ । योसँगै उनीमाथिको संकट थप गम्भीर बन्नेसमेत संकेत गरेको छ भने तत्काल हिरासतमुक्त हुने सम्भावना पनि न्युन देखिन्छ ।।
प्रतिक्रिया