काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी हिरासत मुक्त भएका छन् ।
रोल…
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि अधिकारीलाई छाडिएको जिल्लाप्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
पक्राउ परेका बाँकी आठ जनासहित फरार तीन जनाविरुद्ध आज नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । एक महिनाअघि मन्त्री अधिकारीसँगै जापान पुगेका तीन जनाले नक्कली कार्ड बनाएर त्यहाँ पुगेको खुलेपछि टोकियो अध्यागमनबाट नै फिर्ता गरिएको थियो ।
सरकारी वकिलले अधिकारीविरुद्ध मुद्दा नचलाउन विमानस्थलको सीसी टीभी फुटेजलाई आधार बनाएको छ । यस्तै आरोपीहरुले पूर्वमन्त्री अधिकारीलाई विदेश पठाए वापत रकमदिएको भन्ने नखुलेकोसमेत कार्यलयले जनाएको छ ।।
प्रतिक्रिया