काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले)का सांसद लीलावल्लभ अधिकारी विरूद्ध काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ ।
पक्राउ परेका अधिकारीलाई मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले नचलाउने निर्णय गरेको हो ।
पक्राउ परेका बाँकी आठ जनासहित फरार तीन जनाविरुद्ध आज नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । एक महिनाअघि मन्त्री अधिकारीसँगै जापान पुगेका तीन जनाले नक्कली कार्ड बनाएर त्यहाँ पुगेको खुलेपछि टोकियो अध्यागमनबाट नै फिर्ता गरिएको थियो ।
सरकारी वकिलले अधिकारीविरुद्ध मुद्दा नचलाउन विमानस्थलको सीसी टीभी फुटेज लाई आधार बनाएको छ ।
प्रतिक्रिया