काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री केपी शर्मालाई सुझाव दिएकाछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफलमा नेपालले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्ने बताए । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । त्यही भ्रमणको तयारी अन्तर्गत प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफल गरेकाहुन् ।
सत्तारूढ दल कांग्रेस र एमालेबिच बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षेर गर्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री सम्झौतामा हस्ताक्षर गर्ने पक्षमा रहे पनि कांग्रेसले ऋणमा बिआरआई परियोजना ल्याउन नसकिने अडान राखेको छ । कांग्रेस र एमालेबिच कार्यदल र शीर्षस्तरमै सहमति जुटाउने कोसिस भइरहेको नेताहरुले बताएका छन् ।
यसैगरी एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि चीनबाट ऋण लिन्न भन्नु आवश्यक नरहेको बताएका छन् ।
प्रतिक्रिया