काठमाडौँ – सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार ३०० रुपैयाँ कायम गरेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको एक हजार ९६० रुपैयाँ कायम थियो ।
प्रतिक्रिया