Breaking

क्यानडाबाट नेपाल आएर अस्ताए दम्पती, घटनास्थल होटलमा जे देखियो…


काठमाडौंको सिनामंगलमा रहेको होटल जन्मभूमिमा एक दम्पतीको रहस्यमय मृत्यु भएको छ । शनिवार साँझ क्यानडादेखि नेपाल आएका दम्पती आइतबार बिहान होटलको कोठा बाहिरको बार्दलीमा हरियोरंगकोडोरीमा दुवै झुण्डिएको अवस्थामा भेटिएका थिए । घटनास्थल पुगेको प्रहरीले आवश्यक अनुसन्धान गरी मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताललगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुल गेट अगाडि सिनामंगल ओरालोमा रहेको पाँच तलाको होटल जन्मभूमि एक दम्पतीका लागि मृत्युभूमि बन्न पुग्यो ।

मंसिर ८ गते शनिवार साँझ क्यानडाबाट नेपाल आएका सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी होटलको चार तलामाथि कोठा नम्बर १२० मा बसेका थिए । उनीहरु त्यही कोठाको बाहिर पट्टिको बार्दलीमा हरियो रङ्गको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

शनिवार साँझ करिब७बजेतिर राम्रै अवस्थामा होटल छिरेको दम्पती आइतबार बिहान झुण्डिएको अवस्थामा देखेपछि होटल सञ्चालकले बिहान करिब७बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरुको कोठा भित्रबाट लक गरिएकालेप्रहरीले काठमाडौं महानगरपालिका वडा नं. ९ का वडा अध्यक्षको उपस्थितिमा कोठाको ताला फोरेको थियो । होटलको कोठा बाहिर पट्टिको बार्दलीमा श्रीमान श्रीमती दुवै फरक फरक दोरीमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी परिसरकाठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

मृत भेटिएका दम्पती शनिबार मात्रै क्यानडाबाट नेपाल आएको खुलेको छ ।सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि नेपाल फर्केको देखिएको छ ।घटनामा संलग्न एक प्रहरी अनुसन्धान अधिकृतका अनुसार घटनास्थलबाट बरामद भएको पासपोर्टबाट समेत उक्त कुरा पुष्टि हुन्छ । घटनाको अनुसन्धान गर्नफरेन्सिक विज्ञसहितको टोली घटनास्थल पुगेको थियो ।अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । फरेन्सिक विज्ञसहितको टोलीले अनुसन्धान गरे पछिमृतकहरुको शवलाई पोस्टमार्टमका लागित्रिवि शिक्षण अस्पताल पु¥याइएको छ ।

सिनामंगलको प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको पाँच तले घर खोटाङको दिक्तेल रुपाकोट नगरपालिका–४ का रामजी कटुवालले भाडामा लिएर जन्मभूमि नामको होटल सञ्चालन गर्दै आएका थिए । होटलको रजिस्ट्रेसन बुकमा रमेश माझीको नाममा कोठा बुक भएको देखिन्छ। आफन्त आएपछि मात्रै शव उठाउने भनिए पनि होटल सञ्चालकको दवावमा प्रहरीले मृतकका आफन्त आइनपुग्दै आइतबार दिउँसो करिब साढे एक बजे महाराजगन्जस्थित शिक्षण अस्पताल पु¥याएको थियो ।

माझी दम्पतीको परिवार आइनपुग्दै शव उठाउनुले पनि घटना शंकास्पद भएको देखिन्छ । यद्यपि, अनुसन्धान प्रक्रिया चलिरहेकाले यसै भन्न सक्ने अवस्था भने छैन । यस्तै, समाचार संकलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीमाथि होटल सञ्चालकले अभद्र व्यवहार गरेका थिए । उनीहरु यस घटनालाई जति सक्दो छिटो सामसुम बनाउन खोजेको देखिन्थे । घटनास्थल वरिपरि होटल सञ्चालकले केही युवाहरु खटाएर घटनाको भिडियो खिच्न र बोल्नसमेत रोक लगाएका थिए । यसले घटनालाई झनै रहस्यमय बनाएको देखिन्छ । तथापि प्रहरी अनुसन्धान र पोष्टमार्टम रिपोर्टले घटनाको सत्य तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ ।